टोयोटाले हाइब्रिड इन्जिनसहितको हाइराइडर ल्याउँदै

टोयोटाले जुलाई १ मा अर्बन क्रुजर हाइराइडर सार्वजनिक गर्ने भएको छ । टोयोटाले नयाँ अर्बन क्रुजर कम्प्याक्ट एसयूभी र नयाँ जेन इनोभा यस वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने भएको हो । मध्यम आकारको अर्बन क्रुजर हाइराइडर टोयोटाले सार्वजनिक गरे मुख्य कारमध्ये एक हुनेछ ।

टोयोटा अर्बन क्रुजर हाइराइडरले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, स्कोडा कुशाक, निसान किक्स र एमजी एस्टरसँग प्रतिस्पर्धा गर्नेछ । पाँच सिटर सो एसयूभी परीक्षण क्रममा देखिएको छ ।

नयाँ हाइराइडरमा सम्भवतः हल्का हाइब्रिड र बलियो हाइब्रिड भएको १.५ लिटर पेट्रोल इन्जिन हुने सम्भावना छ । सो एसयूभी मारुती सुजुकी वाईएफजीसँग धेरै समानता हुनेछ ।

रिपोर्टका अनुसार अर्बन क्रुजर हाइराइडरमा हल्का हाइब्रिड इन्जिनको साथ एडब्ल्युडी विकल्प भएको सेगमेन्टकै पहिलो एसयूभी हुनेछ ।

उक्त एसयूभी हुन्डाई क्रेटाको मुख्य प्रतिस्पर्धी बन्ने बुझिएको छ । एसयूभीको मूल्य भारतीय बजारमा १० देखि १८ लाख भारु (१६ लाख देखि २८ लाख) सम्म पर्ने बताइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार