क्रिप्टोको मूल्यमा निरन्तर गिरावट, कति पुग्यो ?

पछिल्लो समय क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। आइतबार बिटक्वाइनको मूल्य २० हजार डलरमुनि झरेको छ।
बिटक्वाइन मार्केट क्यापको डाटा अनुसार बिटक्वाइनको मूल्य हाल १९ हजार ३२२ डलर आसपास छ। यही इथेरियमको मूल्यमा पनि व्यापक गिरावट आएको छ। विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य अहिले १ हजार ७ डलरको तल्लो स्तरमा रहेको छ।

यी क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटका कारण तिनीहरुको बजार पुँजीकरणमा पनि उल्लेखनीय गिरावट आएको छ।

पछिल्लो २४ घन्टामा बिटक्वाइनको मूल्य ८.२८ प्रतिशतले घटेको छ भने ७ दिनमा ३० प्रतिशतभन्दा बढीले घटेको छ। यसरी अहिले बिटक्वाइनको मार्केट क्याप ३६७.६८ अर्ब डलरमात्रै छ।

त्यस्तै इथरियमको मूल्य पनि पछिल्लो २४ घन्टामा ८.३० प्रतिशत र ७ दिनमा ३५ प्रतिशतभन्दा बढीले घटेको छ। यसरी यसको मार्केट क्याप अहिले १२१.९५ अर्ब डलरमा झरेको छ।

.

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार