एसपीपीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउने तयारी

अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा सर्वदलीय बैठक बोलाउने सहमति भएको हो ।

बैठकमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । नेताहरुको सुझावमा प्रधानमन्त्री देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ । बैठकमा समाजवादीका अध्यक्ष नेपालसहित, प्रधानमन्त्री देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार