कैलालीमा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु, केही घरका छाना उडायो

कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको हो । हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए ।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी ७० हजार बराबरको क्षति भएको छ । चौपाया तथा मानविय क्षति भने नभएको बताइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका– २ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्गले बिद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ । प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ । उनले जिल्लामा के कती क्षती भएको छ भने अझै घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार