बालुवाटारमा सत्तागठबन्धन बैठक जारी

प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा छलफल हुँदै

सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद पुनर्गठन र एसपीपीलगायतका विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुको सहभागीता छ । प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा छलफल गर्न अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो। तर, सो बैठकमा प्रधानमन्त्री अनुपस्थित भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार