एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

समिति सभापतिले भनिन्– 'अपमान भयो’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् ।समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी आएको हो । उनले प्रधानमन्त्री नआउने भए समयमै समयमा खबर हुनुपर्ने बताइन् ।

‘समयमा खबर नगर्नु अपमान नै हो । हिजोसम्म खबर दिनुपर्ने हो । आज ८ बजे खबर दिनु त अपमान नै हो । बिहान ८ बजे सचिवलाई फोन गर्नुभएको हो,’ उनले भनिन्, ‘त्यसपछि मलाई जानकारी भएको हो । यसैले समितिको अपमान भएको हो ।’

प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार