काँग्रेस–एमालेको घोषणापत्रलाई पनि समेट्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बालेनको तयारी

काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरले जनाएको छ । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।

नगरप्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार