मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा पेस्तोल पनि भेटियो

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाईकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका जिल्ला मोरङ बुढीगंगा गाउपालिका वडा नं ६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं। ३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल १ थान, सोको म्यागाजिन १ थान र गोली १ राउण्ड गोली बरामद गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार