सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

सर्लाही जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते हुनेहरूमा बृन्दावन नगरपालिका–४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मीरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी​ कार्यलयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार