हुन्डाई भेन्यु फेसलिफ्ट सार्वजनिक : यस्तो छ मूल्य र फिचर

हुन्डाईको नेपाली बजारमा लोकप्रिय मिड साइजको एसयूभी भेन्युको अपग्रेडेड भर्सन भारतमा सार्वजनिक भएको छ । हुन्डाई मोटर्सले बिहीबार नयाँ हुन्डाई भेन्यु फेसलिफ्ट सार्वजनिक गरेको हो ।

यो नयाँ भेन्युको फ्रन्ट लुक हुन्डाई टुसानसँग मिल्दोजुल्दो रहेको छ। गाडीको फ्रन्टमा नयाँ ग्रिल र नयाँ डिजाइन गरिएका हेडल्याम्पसँगै फग ल्याम्प र टर्न सिग्नल इन्डिकेटर पनि रहेको छ।

कम्पनीका अनुसार नयाँ भेन्यु फेसलिफ्ट धेरै परिवर्तनका साथ पेश गरिएको छ। तर यसको एक्सटेरियर र इन्टेरियर डिजाइन भने पहिलेकै हुनेछ। यसबाहेक भने यो गाडीमा अन्य धेरै नयाँ फिचरहरु थपिएको पनि बताएको छ।

यो गाडी तीनवटा भेरियन्टमा छन्।जसमा १.२ लिटर पेट्रोल इन्जिनमा ८३ हर्स पावर, १.० लिटर टर्बो पेट्रोल इन्जिनमा १२० हर्स पावर र १.२ लिटर पेट्रोल इन्जिनमा १०० हर्स पावरकासाथ उपलब्ध रहेका छन्। तर पावरट्रेन संयोजनहरू फरक छन् किनभने यसको डिजेल भर्सनमा अझै पनि डिजेल अटोमेटिक अप्सनमा आएको छैन।

यसमा रहेको ग्रिल अब नयाँ इन्सर्टको साथ स्क्वायर आकारको भएको छ र डीआरएल पहिलेको तुलनामा पातलो देखिएको छ ।

नयाँ हुन्डाई भेन्युको प्रोफाइलमा नयाँ अलोय ह्विल पनि जडान गरिएको छ । जबकि नयाँ कनेक्टेड स्प्लिट एलईडी टेल ल्याम्प सेटअप पछाडिको भागमा प्रयोग गरिएको छ । कारको चारैतिर नयाँ डिजाइन गरिएको बम्पर उपलब्ध रहेको छ ।

कारको इन्टेरियर डिजाइनमा खासै परिवर्तन गरिएको छैन । यसको क्याबिनमा कालो÷क्रीम रङ प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम बनाएको छ । यसमा किया करेन्सको जस्तै डिजिटलाइज्ड ड्राइभर डिस्प्ले उपलब्ध छ, जबकि ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम अब एलेक्सा र गुगल भ्वाइस असिस्टेन्ट सपोर्ट गर्छ ।

नयाँ हुन्डाई भेन्युको रियरमा रिक्लाइनिङ सिट उपलब्ध छ । यसबाहेक सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिंगल प्यान सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस फोन चार्जर र पुश बटन स्टार्टको साथमा कीलेस इन्ट्री, ६ वटा एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र आर्यएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर उपलब्ध छन्

बजारमा हुन्डाइ फेसलिफ्टको प्रतिस्पर्धीमा मारुती सुजुकी ब्रेजा, निसान म्याग्नाइट, किया सोनेट, टाटा नेक्ससहरुलाई मानिएको छ ।

भेन्यु फेस लिफ्टको मूल्य भारतीय बजारमा ७ लाख ५३ हजार भारु (१२ लाख ५ हजार रुपैयाँ) मात्र तोकिएको छ। नेपाल आइपुग्दा यो गाडीको मूल्य कति पर्छ भन्ने अहिलेसम्म अधिकृत बिक्रेता लक्ष्मी ह्युन्डाइले सार्वजनिक गरेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार