कांग्रेस झापाद्वारा १४ नेता तथा कार्यकर्तालाई कारबाही गर्न सिफारिस

नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमारथेबेले जानकारी दिए।

कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन्।

यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक पनि कारबाहीका परेका छन्।

पराजुलीका प्रस्तावक लैनवहादुर थापा, राजवंशीका प्रस्ताव कमलबहादुर थापा र समर्थक नरेन्द्रबहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार