प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।

यसैबीच, आजै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राखेका थिए । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेको छ । बैठकले नेपालसहित रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

उक्त माग पूरा गर्न अध्यक्ष ओलीलाई साढे ४ बजेसम्मको समय दिएको नेता भीम रावलले जानकारी दिए । साढे चार बजेसम्म माग पुरा नभए सांसदहरुले राजीनामा दिने उनको भनाई छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन दिएको तीन दिनको समय आज ९ बजे राती सकिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार