तत्काल वाम एकता सम्भव छैन, संघीय निर्वाचनसम्म गठबन्धन रहन्छ : बिडारी [अन्तर्वार्ता]

एसपीपी नेपाल र चीनलाई सिद्धाउने योजना हो

नेकपा माओवादी केन्द्रका नेता राम नारायण बिडारीले अहिलेको सत्ता गठबन्धन संघीय निर्वाचन सम्म जाने दाबी गरेका छन् । उनले सिद्धान्त र नीतिका हिसाबले काँग्रेससँग गठबन्धन राम्रो नभए पनि प्रतिगमनकारीहरुलाई पराजीत गर्नका लागि यसलाई जोगाइराख्नु पर्ने बाध्यता रहेको बताए ।

टिभीअन्नपूर्णसँगको कुराकानीमा नेता बिडारीले कुनैपनि हालतमा अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म जोगाई राख्नुपर्ने बताएका हुन ।‘काँग्रेससँग हाम्रो गठबन्धन नीतिगत र शैद्धान्तिक हिसाबले ठिक होइन । खराब हो । तर प्रतिगमनकारीहरुलाई पराजित गर्नका लागि यसको आवश्यक छ । त्यसैले यो गठबन्धन संघीय निर्वाचन सम्म जारी रहन्छ । र त्यत्ति बेलासम्म जोगाई राख्नु पर्छ ।’ उनले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बदमासीका कारणले तत्काल वाम एकता सम्भव नभएको समेत बताएका छन् । मुलुकमा वाम एकताको आवश्यता भएपनि ओली जस्ता प्रतिगमनकारीहरुका कारण त्यो सम्भव नभएको बताए । तर एमाले भित्र भएका क्रान्तिकारी कम्युनिष्टहरु र अन्य कम्युनिष्टहरुबीच एकताका लागि छलफल भईरहेको उनको भनाइ छ । ओलीको व्यक्तिगत घमण्डका कारण नेकपा विभाजन भएको विडारीको आरोप छ ।

साथै नेता बिडारीले माओवादीका केहि नेताहरु ओलीसँग अनावश्यक रुपमा भेटवार्ता गरेको बताए । नारायणकाजी श्रेष्ठ र बर्षमान पुनले एमालेका नेतासँग भेट्नु समय खेर फाल्नु मात्र भएको उनको तर्क छ । ओली गल्ती स्वीकार गर्न तयार नभएका कारण यस्ता भेटवार्ताले राजनीतिमा कुनै अर्थ नराख्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले एसपीपी सम्झौता नेपालको हित विपरीत भएको बताए । उनले यो सम्झौता अमेरिकाको स्वार्थमा केन्द्रित भएको दाबी गरे । चीनलाई घेर्ने र कम्जोर पार्नका लागि अमेरिकाले नेपालमा चलखेल गरिराखेको उनको भनाइ छ । यस्ता स्वार्थमा नेपाल फस्न नहुने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार