लागूऔषधसहित नागर्जुनबाट एक जना पक्राउ

प्रहरीले ७९४ एम्पुल लागूऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले शुक्रबार बेलुकी काठमाडौं नागर्जुनबाट भक्तपुर नगरपालिका ४ का ५१ वर्षीय राजन भेलेलाई पक्राउ गरेको हो।

उनको साथबाट लागूऔषध डाइजेपाम २४५ एम्पुल, फेनेरगन २७६ एम्पुल, नुफिन २७३ एम्पुल र एउटा मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

नागार्जुन नगरपालिका ६ जयन्ती गाउँमा डेरा गरी बस्ने भेलेले आफ्नो कोठामा लागूऔषध जम्मा गरी कारोबार गरिरहेको सूचना प्रहरीले पाएको थियो। यसैको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनको कोठाबाट लागूऔषध फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार