डिल्लीबजार कारागार पुगेर सिके राउतले भेटे रेशम चौधरीलाई

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् । आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेर उनले रेशम चौधरीलाई भेटेका हुन् ।

राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा चौधरी कारागारमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार