धादिङमा मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते

धादिङमा मलामी बोकेको गाडी दुर्घटना भएको छ । सदरमुकाम धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति करिब ११ बजे नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार ६ जनाको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचार पछि घर फर्किएका छन्।दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार