एसपीपी नेपालको हितमा छैन : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम ​(एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पारे।

नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाएको स्वीकार गरे। भूकम्पको बेला मानवीय सहायताका लागि पत्र लेखेको उनले बताए ।
‘नेपाली सेनाले पत्र लेखेको साँचो हो’, उनले भने, ‘तर सैन्य सहकार्यका लागि होइन।’

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।आफूले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीलाई भनिसकेको भन्दै उनले आशंका नगर्न आग्रह गरे। शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पारे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार