नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

एसीसी महिला टी–२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ।

यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार