क्यानडा पठाईदिन्छु भनी २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । विदेश पठाइदिने प्रलोभनमा दुई महिलाबाट २१ लाख ४६ हजार रुपैँया लिएर भागेका व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ३२ वर्षका रुपेश कार्की रहेका छन् ।

उनले क्यानडा पठाईदिन्छु भनेर कास्कीको पोखरा महानगरपालिका १६ बिरौटाकी २२ वर्षीय एक महिलासँग बैंक खाताबाट ११ लाख ७१ हजार रुपैँया र काठमाडौं पेप्सीकोला बस्ने अर्की २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी चेकबाट ९ लाख ७५ हजार रकम लिएको प्रहरीले जनाएको छ ।

रकम जम्मा गर्न लगाई विदेश नपठाई फरार भएका कार्की विरुद्ध काठमाडौं प्रहरीमा दुईवटा जाहेरी दर्ता भएको थियो। लगत्तै अनुसन्धान सुरु गरेको प्रहरी टोलीले कार्की विरुद्ध ठगी गर्ने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार