सुदूरपश्चिम विश्वविद्यालयमा यसै वर्ष चिकित्साशास्त्र संकायको सुरुवात गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा यसै वर्ष चिकित्साशास्त्र संकायको सुरुवात गर्ने बताएका छन्। शुक्रवार विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले चिकित्साशास्त्र संकायको सुरुवात गर्नेगरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनको काम अगाडि बढेको बताएका हुन्।

‘सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइँदैछु, उनले भने, ‘सरकारले विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ।’ विश्वविद्यालयमा हाँसिल गरेको ज्ञान र सीपलाई व्यवहारिक र जीवनोपयोगी बनाउनुपर्ने उनको भनाई छ।

‘हाम्रो देश सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोत, साधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा विकासको गतिमा अपेक्षित रुपमा अगाडि बढ्न सकिरहेका छैनौँ,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार