चार वर्ष नासु भएका भण्डारीविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड २४ लाख बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पूर्वनायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलबलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध आयोगले भ्रष्टाचारको मुद्धा दर्ता गरेको हो ।

आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ ९ पैसा मात्र आर्जन भएको देखिन आएको र गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको दाबी गरको छ । भण्डारीविरुद्ध छ करोड २४ लाख चार हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ। आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो।

भण्डारीले २०७३ असोजमा नासुमा नाम निकालेका थिए भने २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए । उनले जम्मा चार वर्ष मात्र सरकारी सेवामा बिताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार