काँग्रेस सरकारले कहिल्यै राष्ट्रलाई अहित हुने काम गर्दैन : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने जिकिर गरेका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् ।

उनले राष्ट्रहीत विपरित्का काम काँग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे । नेता सिंहले हरेक सरकारले चाल्ने गतिविधिहरु पारदर्शी हुन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘राष्ट्रलाई अहित हुने काममा काँग्रेसलाई इन्भल्व हुने कुरा काँग्रेस सरकारले गर्छ भनेर सोच्ने कुरा ठिक होइन । त्यसबेला को प्रधानमन्त्री, को परराष्ट्रमन्त्री थियो भन्ने रेकर्ड राख्ने राम्रै होला, त्यसमा के लुकेको छ ? ट्रान्सपरेन्ट तवरले हरेक कुरा टुंगो लाग्नुपर्छ । लुकिछिपी गर्ने, यो डकुमेण्टमा हाम्रो सहभागिता छैन भनेर लुकाउने कुरा आउँदैन । स्टेटलाई अघि बढाउँदा कुनै कुरा, डकुमेन्टमा पनि अपारदर्शी, शंकाको दृष्टिले हेर्ने नगरिकन कुनै ठाउँ राख्नुहुँदैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार