असार मसान्तभित्र एसइईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

‘असार मसान्तसम्ममा एसइई नतिजा प्रकाशित गर्ने भनेका छौँ, त्यसै अनुसार अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको छ,’ उनले भने ।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड–१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार