अमेरिकी दूतावासलाई सेनाले लेखेको पत्रबारे मलाई जानकारी छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सामेल नहुने भनेर आफ्नो नेतृत्वको सरकारले निर्णग गरको बताएका छन् । उनले गरिसकेको निर्णय गठबन्धनले पुनः ब्युँताएको आरोप समेत लगाए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर प्रचण्ड प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिएको बताए ।

ओलीले तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सामेल हुन अमेरिकी दूतावासलाई पत्र लेखेपनि आफुलाई कुनै जानकारी नदिएर गुमराहमा राखेको गुनासो गरे । ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएपछिको अवस्था बताउदै भने, ‘त्यसबेलाका प्रधानसेनापतिले अमेरिकी दुतावासलाई पत्र लेखेका रहेछन् । सामान्यतया सेनापतिले पत्र लेख्दैनन् । जबकी म प्रधानमन्त्री भैसकेको छु, त्यसबारे मलाई बताइएन । गुपचुप राखियो ।’ अध्यक्ष ओलीले यस्तो दावी गरेपनि सेनाले दूतावासलाई लेखेको पत्रको बोधार्थ रक्षा र परराष्ट्र मन्त्रालयलाई दिएको देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार