नेपालमा चीनले प्रोपोगाण्डा मच्चाइरहेको अमेरिकी विदेश मन्त्रीको आरोप

एमसीसी र एसपीपीबीच कुनै सम्बन्ध नरहेको दाबी

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले एमसीसी र एसपीपीलाई लिएर चिनले नेपालमा अनावश्यकरूपमा प्रोपोगाण्डा मच्चाइरहेको आरोप लगाएका छन् ।

टेक्सस राज्यको डल्लासमा नेपाली समुदायका सीमित व्यक्तिहरूसँगको अन्तरक्रियामा बोल्दै लुले नेपालको ठूलो उत्तरी छिमेकीले एमसीसी कार्यान्वयन हुन नदिन पनि खेलिरहेको आरोप लगाए ।उक्त कार्यक्रममा उनले चिनको चर्को आलोचना गरेका थिए ।

सहायक विदेशमन्त्री लुले एमसीसी र एसपीपीबीच कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् । उनले एसपीपी नेपाली सेनालाई सघाउने कार्यक्रममात्र रहेको बताए ।

लुले चीनको नाम नलिइ नेपालको सबैभन्दा ठूलो छिमेकीले एमसीसी फेल गराउने प्रयास गरेको र एसपीपीमा पनि अनावश्यक खेलिरहेको आरोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार