एमालेभित्रै बसेर पार्टी र नेतृत्त्वलाई खुइल्याउने व्यक्ति नेता होइन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै बसेर बफादार नहुने नेता तथा कार्यकर्ता हुन नसक्ने बताएका छन् । एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताए ।

उनले भने ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना पनि गर्न सकिँदैन । यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन् । पाटीभित्रै बसेर पार्टी र नेतृत्त्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता तथा कार्यकर्ता केही पनि होइन । यतिबेला पार्टीलाई एक ढिक्का बनाएर हिँडाउनुपर्नेछ ।’

त्यस्तै राणा शासन ढल्दा आएको लोकतन्त्रका सञ्चालकहरूबाट देशभक्त झन् जोखिममा परेको अध्यक्ष ओलीको टिप्पणी छ ।

उनले भने, ‘लोकतन्त्रका सञ्चालक कस्ता आए रु कस्तो बिन्दुमा त्यो टुंगियो आन्दोलन ?, भन्दा फेरी पनि देशभक्त काटिने, मारिने, जेल हालिने देशभक्तले जेल तोड्नुपर्ने, फोड्नुपर्ने भाग्नुपर्ने मारिनुपर्ने, बेपत्ता हुनुपर्ने चरम यातना सहनुपर्ने, अंगभंग हुनुपर्ने, त्यही स्थितिको लोकतन्त्र आयो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार