सेयर बजार परिसूचक ७ अंकले घट्यो

शुक्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो । ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।

पछिल्लो निर्णय भएपछिको पहिलो दिन नै ७ अंक माथिले घटेको बजारमा आज म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार