कारवाही फुकुवापछि योगेशले भने–कारबाही गर्नु नै गल्ती थियो, सच्याउनु सकारात्मक

नेकपा एमाले माधव समूहका नेता योगेश भट्टराईले माधव कुमार नेपाललगायत चार नेताको कारवाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् । कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भएको भन्दै भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ’, भट्टराईले बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय गरे लगत्तै ट्वीट गरेर भनेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेपछि भट्टराईले यस्तो बताएका हुन् । बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निर्णय फिर्ता लिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार