सदाचारमा नमूना बन्ने एमालेका जनप्रतिनिधिको संकल्प

भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख प्राथामिकता

नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।

जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् । संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार