एसपीपीसँग सम्बन्धित कागपत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)सँग सम्बन्धित कागपत्र माग गरेको छ ।समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुनेमा सरकारलाई सचेत गराइएको पनि जानकारी दिइन् ।

शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति पर्भुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको हो ।

समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार