नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरले अर्को सातासम्म स्वीकृति पाउने

नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको  एक्विजिसनलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए ।

राष्ट्र बैंक स्रोतअनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ ।

नवील बैंकले समयमै फाइनल अप्रूभल आएमा असार तेश्रो साताभित्रै बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार थाल्ने तयारी गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार