एसपीपी सम्झौतामा कुनैपनि हालतमा हस्ताक्षर हुँदैन : प्रचण्ड

'तत्काल गठबन्धन नटुट्ने दाबी'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । शुक्रबार चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै एसपीपी कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए ।

उनले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौं तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।” एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए ।

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने दाबी गरे । उनले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एकरदुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार