अमेरिका भ्रमणबारे स्पष्ट पार्न संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न छलफलमा बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समितिले जनाएको छ ।

समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो । छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए ।

उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार