कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिएको छ । डुंगामा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको छन् । र्याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिए ।
रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको र माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको छ ।खोजी कार्य जारी छ ।