बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक

रुपन्देही । बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।कार्यालयले जारी गरेको सूचनामा आगामी तीन महिना यो बाटोमा टिपर चलाउन रोकिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजनका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको कारणले गर्दा टिपर चलाउन बन्द गरिएको हो । ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार