बैंक मर्जको लहर, असार मसान्तभित्रै दर्जन बैंकले मर्जर टुग्यांउनेगरि छलफल थाले

पहिलो हुने होडमा ग्लोबल आईएमई र नबिल, पुरा नहुने भयो इन्भेष्टमेन्टको रहर

अहिले नेपालको वित्तिय क्षेत्रमा बैंक मर्जरको लहर छ । बढ्दो प्रतिस्पर्धासँगै व्यवसाय बढाउनुपर्ने परिस्थितिका कारण बैंकहरुलाई मर्जर बाध्यता बन्दै गएको छ । त्यसमाथि सरकारी निती र नेपाल राष्ट बैंकको दबाब बैंकहरुका लागि मर्जरमा गईहाल्नुपर्ने बाध्यता बनेका छन । यसैक्रममा गएको बिहीबार बित्तिय क्षेत्रका ठुला मानिएका दुईवटा बैंकले मर्जरको सम्झौता गरिसकेका छन भने यसको ठिक एकहप्ता हुदाँ अर्का दुई बैंकको मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । गतहप्ता नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका थिए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डौले बिहिबार आज विहानमात्रै प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन । यस्तै नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी)को मर्जर पनि पक्कापक्की भइसकेको छ । नबिल र एनबीको साधारणसभाले गाभ्ने–गाभिने स्वीकृति दिएको छ । एनबीसँगको मर्जरलाई अन्तिम रुप दिएको नबिलले भने फेरी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरको बिषयमा छलफल चलाएको बुझिएको छ ।
यता नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएको अर्को बैंक हिमालयन बैंकले पनि मर्जरको लागि केही बैंकहरुसँग लगातार छलफल अघि बढाएको र चाडैं नै मर्जरमा जाने बुझिएको छ । हिमालयन बैंक अहिले सिभिल र सेञ्चुरी बैंकसँग निरन्तर छलफलमा छ ।
यस्तै कुमारी बैंकले पनि मर्जरको लागि बिभिन्न बैंकहरुसँग छलफल गरिराखेको छ भने प्रभु बैंकले माछापुच्छे बैंकसँग मर्जरका लागि थालेको छलफल असफल भएपछि सेन्चुरी बैंकसँग पनि कुरा चलाएको थियो । तर, सेन्चुरीसँग पनि प्रभुको कुरा नमिलेकाले अहिले सेन्चुरी बैंकले अन्य बैंकसँग छलफल थालेको छ ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार एक उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरमा गएपछि सोमबारदेखि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकिने छ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।
चुक्ता पुँजीका आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने जनाइएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट हिमालयन बैंक मर्जमा जान एमओयू भएको थियो । हिमालयन बैंकका सञ्चालकबीचको विवादले मर्ज तोडिएको थियो ।
नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर
नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी)को मर्जर पनि पक्कापक्की भइसकेको छ । नबिल र एनबीको साधारणसभाले गाभ्ने–गाभिने स्वीकृति दिएको छ । यी बैंकको असार ३० गतेभित्र एकीकृत कारोबार गर्नेगरी काम भइरहेको छ ।
एनबीको १०० कित्ता शेयर वरावर नविल बैंकको ४३ कित्ता शेयर प्रदान गर्ने गरी एनबीलाई नबिलले प्राप्ति गर्न लागेको हो । नेपाल बंगलादेशलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ । यो प्राप्तिपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ । हाल नबिलको १८ अर्ब ४९ करोड चुक्तापुँजी छ भने नेपाल बंगलादेशको १० अर्ब ८ करोड रूपैयाँ छ ।
यदी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सफल भए चुक्तापुँजीको आधारमा अब बन्ने नबिल तेस्रो ठूलो वाणिज्य बैंक बन्नेछ । यदि नबिलले एनसीसी बैंकसँग थालेको छलफल सफल भए नबिलले आफुलाई सबैभन्दा ठुलो बैंक बनाउने अवसर कायमै छ ।

मर्जरको लागि छलफलमा हिमालयन बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएको हिमालयन बैंकले पनि मर्जरको लागि केही बैंकहरुसँग लगातार छलफल अघि बढाएको छ । हिमालयन बैंकले मर्जरका लागि सिभिल र सेञ्चुरीसँग कुरा चलाइरहेको छ । इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब छ ।
यतिबेला हिमालयन बैंकले पहिलो टार्गेटमा सिभिल बैंक परेको छ । सिभिलपछि हिमालयको छलफलमा अहिले सेन्चुरी कमर्शियल बैंक परेको छ । सिभिलमा कर्मचारी सञ्चयकोषको सेयर स्वामित्व ८.५१ प्रतिशत रहेको संस्थापक सेयर छ । त्यस्तै, राणा र थापा समूहले सञ्चालक गरेको आभा इन्टरनेसनल लिमिटेडको सिभिल बैंकमा ७३ लाख ५८ हजार ९३८ कित्ता सेयर छ भने राणा समूहको लगानी रहेको विजया इन्टरनेसनल प्रालिको १३ लाख २० हजार ९०० कित्ता सेयर सिभिलमा रहेको छ ।
विजया इन्टरनेसनल हिमालयन बैंकका संस्थापक अध्यक्ष हिमालय शमशेर जबराकी श्रीमतीको नाममा खोलिएको कम्पनी हो। सो कम्पनी हिमालय शमशेरका कान्छा छोरा र बुहारीले चलाइरहेका छन् भने आभा इन्टरनेसनल हिमालय शमशेरको परिवारका साथै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा, पृथ्वीबहादुर पाँडे लगायतको पनि सेयर रहेको छ। पाँडे र थापा दुवै हिमालयका ज्वाइँ हुन् । सोही कारण पनि हिमालयन बैंकले सिभिल रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
हिमालयन बैंक सिभिल बैंकलाई सम्मानजनक सेयर स्वाप रेसियो दिन पनि तयार देखिएको छ । सिभिल बैंक संचालक समिति समेत सम्मानजनक सेयर स्वाप पाएको खण्डमा र कर्मचारी समायोजनमा पनि आफूले भनेजस्तो भएको खण्डमा हिमालयन बैंकमा गाभिन कुनै पनि विलम्ब नगर्ने पक्षमा देखिन्छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं
ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूले मर्जर सम्झौता गरेका छन् । दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको हो । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको छ । मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेलगत्ते दुई बैंकबीच मर्जर सहमति भएको हो ।
नयाँ बैंकको नाममा ग्लोबल आइएमइ बिओके बैंक हुने छ । नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन । बिओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुने छन् ।
मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ । मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ ।
चैतको तथ्यांकका आधारमा बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ । मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ । ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने छ ।

नबिल र एनसीसी बैंकबीच मर्जर छलफल सफल भए सबैभन्दा ठुलो बैंक बन्ने
नबिल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरको बिषयमा छलफल भएको छ । गत वर्ष मर्जरको अन्तिम चरणमा पुगेर भाँडिएको मर्जर पुनः नबिलसँगै छलफल चलेको हो । यसअघि एनसीसी बैंकले नबिल र ग्लोबल र केही बैंकहरुसँग मर्जरको बिषयमा छलफल चलाएपनि छलफलमा मात्रै सिमित रहेको थियो ।
एनसीसीलाई नबिलले १००ः६५ को स्वाप रेसियो प्रस्ताव गरेको स्रोतले जनाएको छ । तर एनसीसी बैंकले ८० भन्दा तल नजाने अडान लिएको छ । नबिल बैंकमा एनबी बैंक गाभिएसँगै चुक्तापुँजी पौने २८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। बैंकले १००ः४३ को भागमा गाभ्ने निर्णय भएको थियो । अब एनसीसी बैंक मर्ज भएमा नबिल बैंकको चुक्तापुँजी ११ अर्ब १३ करोड रहेको छ। नबिल, एनसीसी र एनबी बैंक एकै ठाऊमा हुँदा चुक्तापुँजी ४० अर्ब हुने छ । यदी यी दुई बैंकबिच मर्जर सफल भए सूचक मात्रै नभएर चुक्तापुँजीको हिसाब सबैभन्दा ठूलो बैंक बन्ने छ ।

मर्जरका लागि साथि खोज्दै कुमारी बैंक
कुमारी बैंकले पनि मर्जरको लागि छलफल तिब्र बनाएको छ । मर्जरको सहुलियत साउनपछि गर्ने सम्झौतामा नपाइने हुँदा असारभित्र कुनैसँग सम्झौता गर्ने तयारी गरेको कुमारी बैंक स्रोतले जनाएको छ ।
स्वाप र ब्राण्डमा नै कुरा नमिलेका कारण केही ढिलाई भएको बताइएको छ । कुमारीले बैंकले मर्जरका लागि आन्तरिक रुपमा सनराईज बैकसँग छलफल थालेको थियो । प्रारम्भिक छलफलमै कुरा नमिलेपछि यी दुई बैंकबीचको छलफल अघि बढन सकेन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार