नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । संसद्को विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् ।

राष्ट्रपतिबाट आज साँझ ९ बजेसम्म प्रधानमन्त्री पदका लागि दुई वा दुईभन्दा बढी राजनीतिक दलको बहुमत रहेको प्रतिनिधिसभाका कुनै पनि सदस्यले दाबी पेश गर्न आव्हान गरिएको थियो । सो समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो । राष्ट्रपतिद्वारा संविधानको धारा ७६ को उपधारा (२) अनुसार संयुक्त सरकार गठनका लागि आव्हान गरिएको हो ।

आजको बैठकमा समसामियक राजनीतिक परिस्थितिको बारेमा छलफल हुने बताइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार