दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’

फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउने क्रम बढ्न थालेका छन् । यसै अवसरमा निर्देशक दीपाश्री निरौलाले पनि फागू पूर्णिमा सम्बन्धी गीत सार्वजनिक गरेकी छिन् । ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर छ । निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् । भिडियोमा हरि हुमागाँइको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । गीतलाई दर्शकले रुचाउने दीपाले बताएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार