जहाजमा आगो लाग्दा कसरी गरिन्छ उद्धार ? (भिडियो)

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरियो ।

धुवाँको ठूलो कालो मुस्लो देखियो । वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको जस्तो देखियो । दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।त्रिभुवन विमानस्थल परिसरमा रहेको सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरु उद्धारमा जुटे । शहरमा रहेका अन्य स्थानबाट पनि एम्बुलेन्स र दमकल बोलाइयो । त्यसपछि उद्धारको काम सुरु भयो । यो दृष्य बुधबार जहाज दुर्घटनाको काल्पनिक घटना थियो ।

दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको हो । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार