बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन् ।राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेको मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले जनाकारी दिए ।
चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको अस्पताले बताएको छ । वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको छ । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
मंगलबार बिहान दाङको तुलसीपुरमा आफ्ना प्रेमीको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो । प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।