बन्द हुँदैछ इन्टरनेट एक्सप्लोरर

इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको ।   इन्टरनेट एक्सप्लोररलाई भोलि १५ जुनदेखि बन्द गर्न लागिएको हो। यसको घोषणा कम्पनीले गत वर्ष नै गरेको थियो।

एक समय इन्टरनेट एक्सप्लोरर धेरै नै चर्चित ब्राउजर बन्न सफल भएको थियो। तर, समयक्रमसँगै गुगल क्रोम र फायरफक्सजस्ता ब्राउजरहरुले यसलाई प्रतिस्थापन गरिदिएका छन् ।

इन्टरनेटको सुरुआतीकालमा अधिकांश मानिसहरुले इन्टरनेट एक्सप्लोररको प्रयोग गर्ने गर्थे। किनकि त्यतिबेला अन्य धेरै विकल्प थिएनन् ।

गत वर्ष माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको स्थान ‘एज’ ब्राउजरले लिने घोषणा गरेको थियो । यसमा कम्पेट्याबिलिटी मोड उपलब्ध गराइएको छ। जसबाट इन्टरनेट एक्सप्लोररको कोर कनेक्टिभिटी आवश्यक पर्ने वेभसाइट वा एपलाई एक्सेस गर्न सकिन्छ  ।

इन्टरनेट एक्सप्लोररलाई २७ वर्षअघि अर्थात सन् १९९५ मा लन्च गरिएको थियो। सन् १९९६ सम्ममा इन्टरनेट एक्सप्लोरर सबैभन्दा धेरै चर्चित भएको थियो। यसमा जाभास्क्रिप्ट इनेबल गरिएको थियो। जसबाट प्रयोगकर्ताले जेपीईजी र जीआईएफ फाइल देख्न सक्थे  ।

इन्टरनेट एक्सप्लोररको विकल्पका रुपमा ल्याउन लागिएको माइक्रोसफ्ट एज फास्ट र सुरक्षित हुनुका साथै यसले आधुनिक ब्राउजिङ अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ । यसमा इन्टरनेट एक्सप्लोरर मोडसमेत दिइएको छ। यसमार्फत लिगेसी इन्टरनेट एक्सप्लोरर बेस्ड वेभसाइट र एप्सलाई सीधै माइक्रोसफ्ट एजबाट एक्सेस गर्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार