वसन्तपुरमा चीर ठड्याइयो, सुरू भयो फागु पर्व (भिडियो)

रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए । करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ । रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागु पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु वा होली पर्व सकिने मान्यता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार