काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली राष्ट्रिय टिमका पूर्व कप्तानहरू पारस खड्का र ज्ञानेन्द्र मल्लसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरुबीच काठमाडौंमा क्रिकेटको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
पूर्व कप्तानहरु खड्का र मल्लले मेयर शाहसँग उपत्यकामा क्रिकेटको विकासका लागि माहोल बनाउन भूमिका खेल्न आग्रह गरेका छन् ।
मेयर शाहले आफू पनि खेलप्रेमि भएको उल्लेख गर्दै महानगरसँग भएको बजेटको सदुपयोग गर्दै क्रिकेटको विकासका लागि लाग्ने र यस विषयमा थप छलफल गर्न आफू तयार रहेको बताएका छन् ।निर्वाचन अगाडि पनि बालेनले पूर्व कप्तान खड्का लगायतसँग भेट गरेका थिए ।