नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आकस्मिक छलफलका लागि बोलाएको छ । राष्ट्र बैंकमा दिउँसो ३ बजेका लागि छलफल राखिएको हो ।
सीईओहरुलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र असार मसान्तभित्रमा गरिसक्नुपर्ने मर्जर सम्झौतालगायतका विषयमा छलफल गर्न बोलाइएको बुझिएको छ ।
राष्ट्र बैंकले केही दिनअघि पनि वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले १–२ वर्ष नाफामा ध्यान नदिन, असारभित्र मर्जरको सम्झौता गरिसक्न र लाभांशका लागि सीईओहरुलाई अनधिकृत दबाब नदिन निर्देशन दिएका थिए ।
छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुको बिग मर्जरमा दिइँदै आएको १० प्रकारका सहुलियत तथा छुट खारेज हुने घोषणासमेत गरेका थिए।