चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि ११ गतेसम्म दिइने, हेर्नुहोस् खोप तालिका

चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते नै जेठको २ देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले खोप लगाउनको लागि आफ्नो पालिका वा वडाको र आफूलाई पायक पर्ने स्थानमा जान आग्रह गरेको छ । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

जसका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगरमा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिकामा दुई, चन्द्रागिरीमा तीन, नागार्जुनमा दुई र तारकेश्वर नगरपालिकामा एक वटा खोप केन्द्र रहने छन् । त्यस्तै टोखा नागरपालिकामा २, बुढानिलकण्ठमा २, गोकर्णेश्वरमा २, शंखरापुरामा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।

Loading...