लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीकाे नियन्त्रणमा

प्रेमी एकराजको घरमा पसेर उनकी श्रीमतिमाथि हातपात गरेको आरोप

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा प्रवेश गरी आतंक मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घरभित्र छिरेर उनले एकराज खै ? भनी उनकी श्रीमती र छोरीहरुलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ ।घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ ।

उनले भनिन्, ‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ रु’ भन्दै पर्दाहरु तानेर छिनाइ । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार