देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव भेटिएको परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार