प्रधानमन्त्रीको भूमिका सन्तोषजनक छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको बताएका छन् । नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको पनि स्पष्ट पारे ।

आज सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए। पार्टीका पदाधिकारीलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो ।

उनले भने, ‘हरेक निर्णय गर्दा देउवाजीले सबैसँग सल्लाह गर्नुहुन्छ । सर्वदलीय बैठकमा मुख्य–मुख्य मान्छेहरू गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णय ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारी सबैले आ–आफ्नो भूमिका पाइरहेका छन् ।’

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण आयोग आफू मातहत राख्ने–नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार