संसदमा मागियो अर्थमन्त्रीको राजीनामा

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट निर्माणको क्रममा रातारात ‘विज्ञ खेताला’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको समाचार उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए ।

बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार