गण्डकीमा मुख्यमन्त्री गुरुङ पुन: नियुक्त, लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् । प्रदेश प्रमुख पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेकी हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार